अपाङ्गता भएका व्यक्तिहरुमाथीको विभेद अन्त्य भएको छैनः सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य नभएको बताएका छन् । अपाङ्गता भएका व्यत्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरुमाथिको विभेद अन्त्य हुन नसकेको बताएका हुन् ।
उनले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको बताएका छन् । तीमध्ये गम्भिर रुपमा अपाङ्गतामा भएका व्यक्तिहरु डेढ लाख जति भएको उनको भनाई छ । गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक रहेको उल्लेख गर्गै उनले उनीहरुलाई राज्यले सहयोग गर्न नसकेको बताए । देशमा संघियता आएपनि अपाङ्गता भएका व्यक्तिहरुले संघियताको महशुस गर्न नपाएको उनको भनाई छ ।
उनीहरुले प्रयोग गर्ने समाग्रीहरु अझैपनि स्थानीय तहहरुमा सहज रुपमा नपाउने गरेको मन्त्री खरेलले बताए । यस्तै उनले राज्यका संयन्त्रहरु पनि अपाङ्गतामैत्री नभएको उल्लेख गरेका छन् । मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिए । त्यसको लागि आवश्यक सुझाव दिन उनले आग्रह गरेका छन् । उनले सरकार अपाङ्गता भएका व्यक्तिहरुको समस्याका बारेमा गम्भिर रहेको बताएका छन् ।
उनले भने, ‘गणतन्त्र नेपालको नागरिक र आज नेपाल सरकारको प्रवक्ता भईराख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री भईराख्दाखेरि म निर्भिक रुपमा निर्भयताका साथ एउटा कुरा चाँही स्वीकार गर्छु यहाँहरुको सामुमा, त्यो के हो भने जतिसुकै विभेदको अन्त्य ग¥यौँ भनेपनि यहाँहरुमाथीको विभेद अन्त्य भएको छैन ।’
मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गरे । सोहीअनुसार सरकारले आफ्नो काम अगाडी बढाईरहको उनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार